Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वभर एकैदिन २३ लाख कोरोना संक्रमित थपिए, कुन देशमा कति संक्रमित र मृत्यु ?

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारै घट्दै गइरहेको देखिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले संसारका विभिन्न देशहरुमा फैलिएको छ । वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले धेरैजसो देशमा कोरोना संक्रमितको संख्या विस्तारै घटेको देखिन्छ ।
 
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वभर २३ लाख ९७ हजार ९ सय ४२ कोरोना संक्रमित थपिएका छन् । यससँगै विश्वभर कोरोना संक्रमितको संख्या ४० करोड ६० लाख ६४ हजार ६ सय ५६ पुगेको छ ।  
 
यस्तै पछिल्लो २४ घण्टामा विश्वभर १० हजार ६ सय ९१ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ लाख ७ हजार ३ सय ५९ पुगेको छ।
 
त्यस्तै पछिल्लो २४ घण्टामा २७ लाख ६४ हजार १ सय ५६ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म विश्वभर ३२ करोड ५९ लाख ६ हजार १ सय १० कोरोना संक्रमित निको भइसकेका छन् ।

ddd.PNG
  

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:४६
प्रतिक्रिया दिनुहोस्