हाँस्यकलाकार अर्जुन घिमिरे (पाँडे) लाई मातृशोक
काठमाडौं - चर्चित हाँस्यशृखला सक्कीगोनी का कलाकार अर्जुन घिमिरे पाँडेलाई मातृशोक परेको छ। स्वास्थ्यमा समस्यापछि उपचार गराइरहेकी उनकी आमाको निधन भएको हो।
उनकी आमाको निधन भउको बारे सक्कीगोनीका कलाकार तथा निर्देशक कुमार कट्टेल जिग्रीले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
उनले लेखेका छन् - 'प्रिय साथी मेरो सारथी अर्जुन घिमिरे “ पाडे “ ज्युको ममतामयी आमा को निधनको खबर ले स्तब्ध बनाएको छ आमाको चिर शान्तिको कामना गर्दछु। आमाको बैकुण्ठबास होस।शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरून् भन्ने कामना गर्दछु।'
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:१६
प्रतिक्रिया दिनुहोस्