नेभिगेशन
अर्थतन्त्र विविध

एकैदिन १५ सयले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौँ - आइतबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार तोलाको १ सय रुपैयाले बढेको सुनको मूल्य आज पनि तोलामा १५ सय रुपैयाले बढेको हो ।  
 
शुक्रबार तोलाको ९४ हजार रुपैयामा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९५ हजार ५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै तेजाबी सुनको मूल्य पनि तोलाको ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 
 
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलाको १३ सय  रुपैयामा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप अर्थतन्त्र विविध