नेभिगेशन
अर्थतन्त्र विविध

हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको मूल्य  

काठमाडौँ - सोमबार नेपाली बजारमा सुनको मूल्य स्थीर रहेको छ । आइतबार तोलाको १५ सय रुपैयाले बढेको सुनको मूल्य आज स्थीर रहेको हो ।  
 
आइतबार तोलाको  ९५ हजार ५ सय रुपैयामा कारोबार भएको छापावाल सुनको मूल्य आज  स्थीर रही सोही मूल्यमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै तेजाबी सुनको मूल्य पनि तोलाको ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 
 
आज चाँदीको मूल्य पनि स्थीर रहेको छ । आज चाँदीको मूल्य तोलाको १३ सय  रुपैयामा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध