नेभिगेशन
मनोरञ्जन

रेखा थापाले गरिन् प्रेमी शाहीसँग विवाह

काठमाडौं - नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापाले विवाह गरेकी छन् । उनले प्रेमी बलराम शाहीसँग अदालती विवाह गरेकी हुन्। केही दिन अघि अमेरिका बस्दै आएका बलराम र रेखा लामो समयदेखि प्रेममा रहेका थिए।

उनीहरूले काठमाडौं जिल्ला अदालतमा पुगेर अदालती विवाह गरेको बताइएको छ । रेखाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। छविराजसँग डिभोर्स गरेको ९ वर्षपछि रेखाले विवाह गरेकी हुन् । 

फिल्म हिरोबाट फिल्म क्षेत्रमा प्रबेश गरेकी रेखाले हिम्मत, किस्मत, कसले चोर्‍यो मेरो मनलगायत फिल्ममा अभिनय गरेकी छन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ पनि हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन