भारतमा कोरोना संक्रमणदर निरन्तर घट्दै, सक्रिय संक्रमित कति ?
काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमणदर र मृत्यु दर घटिरहेको छ। पछिल्लो २४ घण्टामा २५ हजार २ सय ६० जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म कोरोना संक्रमितको कुल संख्या ४ करोड २६ लाख ९० हजार ७ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ सय ४५ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख ९ हजार ३ सय ८८ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ७२ हजार २ सय ४४ जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ४ करोड १७ लाख ४९ हजार ८ सय ८५ पुगेको छ । सक्रिया संक्रमित ४ लाख ३१ हजार ५ सय २१ रहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:०१
प्रतिक्रिया दिनुहोस्