भारतमा कोरोना संक्रमणदर निरन्तर घट्दै, सक्रिय संक्रमित कति ?
काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमणदर र मृत्यु दर घटिरहेको छ। पछिल्लो २४ घण्टामा २८ हजार ९ सय २ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म कोरोना संक्रमितको कुल संख्या ४ करोड २७ लाख २१ हजार ८ सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ सय १५ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख ९ हजार २ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ७२ हजार ५ सय ५१ जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ४ करोड १८ लाख ३३ हजार ९ पुगेको छ । सक्रिय संक्रमित ३ लाख ७८ हजार ९ सय ३३ रहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १४:२९
प्रतिक्रिया दिनुहोस्