सलमान, सोनाक्षी, ज्याकलिन लगायतका कलाकार नेपाल आउँदै
काठमाडौं - बलिउडका चर्चित कलाकारहरु नेपाल आउने भएका छन् । दशरथ रंगशालामा आयोजना गरिने सांगीतिक कार्यक्रममा सहभागी हुन सलमान खान लगायतका भारतिय कलाकारहरु नेपाल आउन लागेका हुन् ।
रंगशालामा आउँदो बैशाख ३ गते सांगीतिक कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा सहभागी हुन सलमानसहित सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवा, मुदस्सर खाना, पार्श गायक गुरु लगायतका कलाकारहरु नेपाल आउन लागेका हुन् ।
बलिउडका यी कलाकारहरुलाई लाजिम्पाटमा रहेको ओडीसी इन्टरटेनमेन्टले नेपाल ल्याउन लागेको हो ।
यस सांगीतिक कार्यक्रम आयोजनासँगै नेपालको सुस्ताएको पर्यटन उकासिने अनुमान गरिएको छ । कोरोना महामारीका कारण नेपालको पर्यटन बजार चलायमान हुन सकेको छैन ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०२:५२
प्रतिक्रिया दिनुहोस्