सुख दुःखको क्षणमा सँगै हुन थाल्यौं भन्दै मलाइकाको तारिफ गरे अर्जुनले
काठमाडौं - बलिउड अभिनेता अर्जुन कपुर र अभिनेत्री मलाइका अरोडा बलिउडमा चर्चामा आइरहने जोडी हुन् । यो जोडीको प्रेम सम्बन्ध बारे लामोसमयदेखि चर्चा छ ।
तर यी दुवैले आफूहरुबीच प्रेम रहेको बारे स्पष्ट रुपमा खुलाएका छैनन् । कहिल काही यो जोडी बीच दुरी बढ्दै गएको चर्चा पनि चल्ने गरेको छ । उनीहरूले आफ्नो सम्बन्धलाई टुंग्याउने मनस्थितिमा पुगेको समाचार समेत आए ।
तर हालै अर्जुनले मलाइकासँगको प्रेमबारे खुलाएका छन् । उनले सुख दुःखको क्षणमा आफुहरु सँगै हुन थालेको बताएका छन् । उनले मलाइकाले आफूलाई जटिल समयमा पनि साथ दिएको कुरा गरे ।
उनले अब आफू मलाइकाको बिषयमा सकरात्मक रहेको बताए । मलाइकाले सलमान खानका भाई अरबाज खानसँग सम्बन्धविच्छेद गरेकी थिइन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ००:५७
प्रतिक्रिया दिनुहोस्