भारतमा कोरोना संक्रमणदर निरन्तर घट्दै, सक्रिय संक्रमित कति ?
काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमणदर र मृत्यु दर घटिरहेको छ। पछिल्लो २४ घण्टामा २४ हजार ७ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म कोरोना संक्रमितको कुल संख्या ४ करोड २७ लाख ७९ हजार २२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ९६ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख १० हजार ९ सय ३७ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ५५ हजार ७ सय ३८ जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ४ करोड १९ लाख ६६ हजार ७ सय २२ पुगेको छ । सक्रिय संक्रमित ३ लाख १ हजार ३ सय ६३रहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०३:५८
प्रतिक्रिया दिनुहोस्