नेभिगेशन
अर्थतन्त्र विविध

बढ्याे सुनको मूल्य

काठमाडौं - नेपाली बजारमा सुनको मूल्य चार सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९६ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

बिहीबार छापावाल सुन तोलामा ९६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको भाउ तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ । 

चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । बिहीबार एक हजार दुई सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय पाँच रुपैयाँ निर्धारण भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध