भारतमा कोरोना संक्रमणदर निरन्तर घट्दै, सक्रिय संक्रमित कति ?
काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमणदर र मृत्यु दर घटिरहेको छ। पछिल्लो २४ घण्टामा १८ हजार ४ सय ८८ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म कोरोना संक्रमितको कुल संख्या ४ करोड २८ लाख २० हजार ९ सय ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ सय ७३ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख ११ हजार ९ सय ३५ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३८ हजार २ सय ११ जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ४ करोड २० लाख ७५ हजार ७ सय ४७ पुगेको छ । सक्रिय संक्रमित २ लाख ३३ हजार ३ सय ११ रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:५४
प्रतिक्रिया दिनुहोस्