नेभिगेशन
अर्थतन्त्र विविध

बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं - आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाले बढेको छ । शुक्रबार तोलाको ९६ हजार ५ सय रुपैयाले कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्य स्थिर रही तोलाको १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध