Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतमा कोरोना संक्रमणदर निरन्तर घट्दै, सक्रिय संक्रमित कति ?

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमणदर र मृत्यु दर घटिरहेको छ। पछिल्लो २४ घण्टामा १५ हजार ४ सय ८७ जनामा कोरोना संक्रमण देखिएको छ । 
 
हालसम्म कोरोना संक्रमितको कुल संख्या ४ करोड २८ लाख ३७ हजार ९ सय ६० पुगेको छ । पछिल्लो २४ घण्टामा २ सय ६ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख १२ हजार १ सय ४१ जना पुगेको छ ।  
 
यस्तै पछिल्लो २४ घण्टामा २७ हजार ३ सय ९९ जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ४ करोड २१ लाख १३ हजार ७ सय ८२ पुगेको छ ।  सक्रिय संक्रमित २ लाख १२ हजार ३७ रहेको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:२२
प्रतिक्रिया दिनुहोस्