Nic Ad Nic Ad
Nic Ad Nic Ad

अनमोलसंग जोडी बाँध्दै सारा  

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं - अभिनेता अनमोल केसी नयाँ फिल्म ‘हनी बनी’मा अनबन्ध भएका छन् । दीवाकर भट्टराईको निर्देशनमा बन्ने यस फिल्ममा अनमोलले अभिनेत्री सारा सिर्पालीसँग जोडी बाध्ने भएका हुन् । 

लभस्टोरी जनरामा निर्माण हुन लागेको यस फिल्मको लागत ७ करोड अनुमान गरिएको छ । यस फिल्म आगामी चैतबाट छायांकनमा जाने बताइएको छ । 

फिल्म ‘रुद्र’ बाट फिल्म क्षेत्रमा प्रबेश गरेकी साराले लामो समयपछि नयाँ फिल्ममा जोडिएकी हुन् । उनले कोरोना महामारीअघि फिल्म गुञ्जन मा काम गरेकी थिइन् ।  

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:२८
प्रतिक्रिया दिनुहोस्