भारतमा कोरोना संक्रमणदर निरन्तर घट्दै, सक्रिय संक्रमित कति ?
काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमणदर र मृत्यु दर घटिरहेको छ। पछिल्लो २४ घण्टामा ११ हजार ५ सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म कोरोना संक्रमितको कुल संख्या ४ करोड २८ लाख ५० हजार ६६ पुगेको छ । पछिल्लो २४ घण्टामा २ सय ३० संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख १२ हजार ३ सय ७१ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २७ हजार ६ सय ९० जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ४ करोड २१ लाख ४७ हजार ९ सय ७४ पुगेको छ । सक्रिय संक्रमित १ लाख ८९ हजार ७ सय २१ रहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०३:५५
प्रतिक्रिया दिनुहोस्