नेभिगेशन
अर्थतन्त्र विविध

बढ्यो सुनको मूल्य 

काठमाडौँ - मंगलबार सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला रु ९६ हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य बढेर प्रतितोला रु ९७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।  

आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ५०० तोकिएको महासङ्घले जनाएको छ । यसको मूल्य सोमबार प्रतितोला रु ९१ हजार ७०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार ३१५ पुगेको महासङ्घले जनाएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध