भारतमा कोरोना संक्रमणदर निरन्तर घट्दै, सक्रिय संक्रमित कति ?
काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमणदर र मृत्यु दर घटिरहेको छ। पछिल्लो २४ घण्टामा १३ हजार ५ सय २ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म कोरोना संक्रमितको कुल संख्या ४ करोड २८ लाख ६५ हजार ४ सय ३१ पुगेको छ । पछिल्लो २४ घण्टामा २ सय ३० संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख १२ हजार ६ सय ५२ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १९ हजार ७ सय ४ जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ४ करोड २१ लाख ७८हजार २ सय १४ पुगेको छ । सक्रिय संक्रमित १ लाख ७४ हजार ५ सय ६५ रहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ००:२५
प्रतिक्रिया दिनुहोस्