Nic Ad Nic Ad
Nic Ad Nic Ad

लामाको निधनप्रति दुखी हुँदै दीपकराजले लेखे यस्तो मनछुने स्टाटस

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ । चर्चित कलाकार तथा वरिष्ठ लोकदोहोरी गायक जयनन्द लामाको निधन भएको छ । उनको गए राति आफ्नै घरमा लडेर निधन भएको हो ।

उनको निधनले नेपाली कला क्षेत्र र सांगीतिक क्षेत्र शोकमा डुबेको छ । पाँच दशकअघि गायन यात्रा सुरू गरेका लामा ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक हुन् ।

 कलाकार लामा ुहल्का रमाइलोु हाँस्य टेलिशृङ्खलामा अभिनय गर्दै आइरहेका थिए । उनको निधनप्रति निर्माता, निर्देशक तथा हाँस्य कलाकार दीपकराज गिरीले पनि दुख व्यक्त गरेका छन् ।

उनले लेखेका छन् - “ज्वाइले बहिनी कुटेछ ,राम्रो धेरै राम्रो , तर कुटेको अलि मिलेनछ,त्यहि भएर मान्छे कसरी कुट्ने भनेर सिकाउनु आएको…”यस्ता थुप्रै लोकप्रिय संबाद ले म उहॉलाइ सम्झिरह्न्थे , सम्झिरहनेछू!

हरेक भेटमा “ दीपक भाइ गायकको रूपमा त मेरो एउटा परिचय थियो तर अभिनयले त मलाइ घर घरमा पुर्यायो “ उहॉ खुशि हूदै भन्ने गर्नु हुन्थो!साथै उहॉले हास्ने एउटा गज्जबको शैली थियो उहॉ संग जुन हामिले चलचित्रमा पनि प्रयोग गर्यौ, उहॉको त्यो हॉसो सुनेपछि एउटा छुट्टै माहौल नै बन्थ्यो…

त्यो अजिबको हॉसो अनि उहॉका रसिक कुराहरू, सकारात्मक सोच र त्यो बिन्दासपना …….जीबन ,बगैचामा फूलेको फूल जस्तै हो फूले पछि झर्नै पर्छ तर सम्झनाका फॉटहरूमा उहॉ संग बितेका हरेक पलहरू सधै फुलि नै रहने छन् !!

छक्का पन्जा ४ मा दाइ संग काम गर्ने सपना पनि अधुरै रह्यो,संसारको यो तीतो यथार्थलाइ स्विकार्न नचाहेर पनि स्विकार्नै पर्दो रहेछ! आदरणीय गायक तथा कलाकार जयनन्द लामा दाइ प्रति ह्रदय देखि नै हार्दिक श्रद्धांजली अर्पण गर्दछू! …. 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:५९
प्रतिक्रिया दिनुहोस्