हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । बुधबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ४२ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ९१ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ ७ पैसा तोकिएको छ ।
एक युरोको खरिददर १ सय ३६ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रीदर १ सय ३७ रुपैयाँ ५ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ९३ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ९ पैसा तोकिएको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ६३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ७७ पैसा तोकिएको छ ।
त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६२ रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६३ रुपैयाँ ३१ पैसा तोकिएको छ।
त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ४१ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रीदर ८६ रुपैयाँ ३७ पैसा रहेको छ ।