Nic Ad Nic Ad
Nic Ad Nic Ad

पलविरुद्ध समीक्षाले दिइन् किटानी जाहेरी, अनुसन्धान शुरु

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं - अभिनेता पल शाहविरुद्ध तनहुँमा किटानी जाहेरी परेको छ । पलविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा गायिका समीक्षा अधिकारीले किटानी जाहेरी दर्ता गराएकी हुन् । गायिका अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी हुन् ।

यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइए पनि प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न भनेको थियो ।  

एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको अधिकारीले उजुरीमा बताएकी छिन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:२८
प्रतिक्रिया दिनुहोस्