नेभिगेशन
मनोरञ्जन

पलविरुद्ध उजुरीपछि गायिकाले गरिन मेडिकल चेकअप

काठमाडौं - अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता गराएकी गायिकाले मेडिकल चेकअप गरेकी छन् ।

अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी छन् । त्यस लगत्तै उनले मेडिकल चेकअप गरेकी हुन् ।

यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिएकी अधिकारीले त्यहास्थित प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो । सोही सुझाव अनुरुप गायिकाले आज तनहुँ प्रहरीमा उजुरी दिएकी छन् ।

एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको उनको आरोप छ । १८ वर्षभन्दा कम उमेरकी गायिकाले शाहले आफूमाथि फकाएर करणी गरेको दाबी गर्दै आएकी छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन