Nic Ad Nic Ad
Nic Ad Nic Ad

जबरजस्ती करणी आरोप पुष्टि भएमा पल शाहलाई हुनेछ १२ वर्षसम्म जेल सजाय

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं - एक गायिकाले अभिनेता पल शाहविरुद्ध तनहुँमा किटानी जाहेरी दिएकी छन् । पलविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा बुधबार गायिका समीक्षाले किटानी जाहेरी दर्ता गराएकी हुन् । 

गायिकाले किटानी जाहेरी दिएपछि पललाई प्रहरीले पक्राउको तयारी गरेको छ । यदि बलात्कारको आरोप पुष्टि भएमा पललाई १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्नेछ । 

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमा यौन सम्बन्ध राखे पनि जबरजस्ती करणी मानिने र १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्नेछ । 

गायिकाले उजुरीमा एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको बताएकी छिन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:५६
प्रतिक्रिया दिनुहोस्