Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतमा कोरोना संक्रमणदर निरन्तर घट्दै, सक्रिय संक्रमित कति ?

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमणदर र मृत्यु दर घटिरहेको छ। पछिल्लो २४ घण्टामा १३ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । 
 
हालसम्म कोरोना संक्रमितको कुल संख्या ४ करोड २८ लाख ८० हजार ५ सय ७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ सय २ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख १२ हजार ९ सय ५४ जना पुगेको छ ।  
 
यस्तै पछिल्लो २४ घण्टामा १९ हजार ६ सय ३२ जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ४ करोड २२ लाख ९ हजार ५ सय १९ पुगेको छ ।  सक्रिय संक्रमित १ लाख ५८ हजार ३४ रहेको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २३:३७
प्रतिक्रिया दिनुहोस्