पुटिनले सैन्य कारबाही घोषणा गरे लगत्तै युक्रेनमा शक्तिशाली विस्फोट
काठमाडौं - रुसले युक्रेनका विभिन्न स्थानमा विस्फोट गराएको छ । बिहिबार युक्रेनको राजधानी किभमा शक्तिशाली विस्फोटको आवाज सुनिएको बीबीसीले जनाएको छ ।
पूर्वी युक्रेनको बिखन्डनकारीले नियन्त्रणमा रहेको दोनेत्सकमा ५ देखि ६ ओटा बिस्फोट भएको बताइएको छ । युक्रेनका विभिन्न स्थानमा पनि विस्फोटका आवाज सुनिएको जनाइएको छ ।
रुसी राष्ट्रपति भ्लादमिर पुटिनले ‘सैन्य कारबाही’ घोषणा गरेपछि विस्फोटका आवाज सुनिन थालिएको हो । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसका लागि आफ्नो देश खतरामा नरहेको बताए पनि बिहिबार युक्रेनका विभिन्न स्थानमा आक्रमण भएको समाचार आएको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २२:३२
प्रतिक्रिया दिनुहोस्