Nic Ad Nic Ad
Nic Ad Nic Ad

पल प्रकरणबारे गायक शिव परियार भन्छन् - 'समग्र कलाकार कै नाक काटियो'

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं । चर्चित गायक शिव परियारले पल शाह र एक गायिकाको विवादले समग्र कलाकार कै नाक काटिएको बताएका छन् । बिहिबार सामाजिक सञ्जालमार्फत गायक परियारले सो कुरा गरेका हुन् । 

समाजमा स्थापित कलाकारको यो घटना पढिरहनु पर्दा दुख लागेको बताएका छन् । उनले यो घटनाले कलाकारिता भन्ने गहन अर्थ बोकेको विधालाई सधैं यो समाजले नाँच्ने गाउने पेशा राम्रो हैन भनेर बुझेको स्मरण गराएका छन्  ।

उनले लेखेका छन् - 'घटना नाङ्गो भएर सतहमा आउँदा अहिले एउटा पक्ष खुशिले गद गद होला, एउटा पक्ष दुखाईले भत्त भति होला । तर समग्रमा भन्दा यो सारा कुराले चैं समाजको नजरमा हाम्रो संगीत उधोग र चलचित्र उधोग र तपाँई हामि समग्र कलाकार कै नाक काटिएको छ है । कलाहरुको पनि कला ललित कला त्यो भित्रको पनि उत्कृष्ट कला संगीतकलाको क्षेत्रमा काम गरेर समाजमा उभिएका र कला क्षेत्र राम्रो हो भनेर समाजमा स्थापित गरेका कलाकारको यो घटना पढिरहनु पर्दा दुख लागेको छ । 'कलाकारिता' भन्ने गहन अर्थ बोकेको बिधालाई सधैं यो समाजले नाँच्ने गाउने पेशा राम्रो हैन भनेर बुझेको थियो, यो बुझाईलाई यो घटनाले थप पुष्टि गरेको छ । खै के भनौं यस्तो सबै नभई दिएको भए हुने थियो ।'

तनहुँमा पलविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा गायिकाले किटानी जाहेरी दर्ता गराएकी छिन् । पलले भने आफू दोषी भएमा कानुन बमोजिम सजाय भाग्न तयार रहेको पनि बताएका छन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:५५
प्रतिक्रिया दिनुहोस्