Nic Ad Nic Ad
Nic Ad Nic Ad

रुसी सेनासँग लड्न युक्रेनी सडकमा सैन्य गाडी, स्वयंसेवकलाई बन्दुक दिइयो

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - रुसी सेना राजधानी किभतर्फ अघि बढिरहँदा रुसी सेनाबाट सहरको रक्षा गर्न युक्रेनी सैन्य गाडीहरू किभमा परिचालन गरिएको छ । 
युक्रेनको आन्तरिक मामिला मन्त्रालयले यस्तो जनाएको बीबीसीले उल्लेख गरेको छ । 

किभका नगरप्रमुखले यसअघि नै सहर रक्षात्मक चरणमा प्रवेश गरिसकेको बताएका थिए ।सरकारले रुसी फौजसँग प्रतिवादका लागि हतियार बोक्न तथा आफ्नो तर्फबाट सक्दो योगदान गर्न नागरिकहरूलाई आग्रह गरेको बिबीसीले उल्लेख गरेको छ । 

यसैबीच आन्तरिक मामिला मन्त्रालयले राजधानी सहरको रक्षाका लागि स्वयंसेवकहरूलाई १८ हजार थान मेसिनगन प्रदान गरेको जनाएको छ ।  रुसले बिहीबार बिहानबाट युक्रेनमा आक्रमण थालेको थियो । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १९:४९
प्रतिक्रिया दिनुहोस्