भारतमा कोरोना संक्रमणदर निरन्तर घट्दै, सक्रिय संक्रमित कति ?
काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमणदर र मृत्यु दर घटिरहेको छ। पछिल्लो २४ घण्टामा १० हजार ३ सय ९९ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म कोरोना संक्रमितको कुल संख्या ४ करोड २९ लाख ४ हजार ७ सय ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा २ सय ५४ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख १३ हजार ५ सय १२ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ११ हजार ७ सय ७४ जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ४ करोड २२ लाख ५८ हजार ६ सय ५८ पुगेको छ । सक्रिय संक्रमित १ लाख ३२ हजार ५ सय ७४ रहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०२:२७
प्रतिक्रिया दिनुहोस्