हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । सोमबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ १७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ७७ पैसा तोकिएको छ ।
एक बहराइन दिनारको खरिददर ३ सय १८ रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २० रुपैयाँ ३३ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ९७ पैसा तोकिएको छ ।
एक युरोको खरिददर १ सय ३५ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रीदर १ सय ३६ रुपैयाँ १० पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १९ पैसा तोकिएको छ ।
एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ७५ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९६रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९८ रुपैया ५५ पैसा तोकिएको छ।
त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ८ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ ११ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ९२ पैसा तोकिएको छ।
त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ४० पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ४५ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रीदर ८७ रुपैयाँ ३७ पैसा रहेको छ ।