कोभिड उत्पत्ति अनुसन्धानलाई ओझेलमा राख्ने चीनको झूटा कथा
बेइजिङ ,चीन, फेब्रुअरी २२ (एएनआई) चिनियाँ राष्ट्रपति सी जिनपिङले वुहान प्रयोगशालाको जिम्मा लिन सेनाका जनरल तैनाथ गरेपछि भाइरसको उत्पत्तिबारे गरिएको यस अनुसन्धान कहिले पनि पारदर्शी थिएनन् भन्ने कुरा स्पष्ट भएको छ ।
भाइरसको उत्पत्ति अनुसन्धानको प्रयोगशालामा सेनाको उपस्थितिले यस अनुसन्धान नै केवल झूटा कथाहरू सेट गर्न मात्र थियो भन्ने कुरा स्पष्ट पारेको छ भनी प्रोभिडेन्सको रिपोर्टमा लेखिएको छ ।
एकापटि चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) मिडियाले एक नक्कली स्विस भाइरोलोजिस्टलाई उद्धृत गर्यो भने अर्को घटनामा एक चिनियाँ पत्रकारलाई वुहान तालाबन्दीको समाचार प्रकाशन गरेको कारणले जेलमा हालियो।
विश्वले चीनलाई कोभिड उत्पत्तिका बारेमा अनुसन्धान गर्न दबाब दिन आवश्यक छ। केही समयअघि अस्ट्रेलियाले कोभिड उत्पत्तिको बारेमा स्वतन्त्र छानबिन गर्न आह्वान गरेपछि चीनले अस्ट्रेलियासँग व्यापार युद्ध सुरु गर्ने प्रयास गरेको छ।
महामारीले चीनको वुहानमा कोभिड–१९ को दोस्रो वार्षिकोत्सवमा टेकेको छ तर अझै पनि कोभिड भाइरसको उत्पत्तिको बुझाइलाई कतै कहिँ प्रमाणित गर्न केही छैन। महामारीले विश्वभरि ठुलो जनधनको क्षति गर्नुका साथै ठुलो सामाजिक तथा आर्थिक क्षति पुर्याएको छ ।