रुस युक्रेन युद्धः ७० युक्रेनी सैनिक मारिए
काठमाडौँ – रुसी गोलाबारीमा परी ७० युक्रेनी सैनिक मारिएका छन् । समाचार संस्था एपीका अनुसार पूर्वी युक्रेनको ओख्टार्का शहरमा रुसी सेनाले युक्रेनी सैनिक अखडालाई लक्षित गरी गोलाबारी गर्दा ७० युक्रेनी सैनिक मारिएका हुन् ।
रुसी फौजको गोलाबारीमा परी हताहती भएको ओख्टार्का क्षेत्रका प्रमुख दिमित्रो झ्याभ्त्स्कीले जनाएका छन् ।
सामाजिक सञ्जाल टेलिग्राममा सन्देश जारी गर्दै उनले रुसी गोलाबारीका कारण चारतले भवनमा क्षति पुगेको र उद्धार कार्य शुरु भएको जनाएका छन् ।
आक्रमणमा केही सर्वसाधारण र रुसी सैनिकको पनि ज्यान गएको समाचार संस्था एपीले जनाएको छ ।
तस्बिरः न्यूयोर्क टाइम्स
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०२:५७
प्रतिक्रिया दिनुहोस्