सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश, टोटनहम बाहिरियो
काठमाडौं - च्याम्पियनसिप टोली पिटरर्सब्रग युनाइटेडलाई २-० अन्तरले पराजित गर्दै इंग्लिस क्लब म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति सिटीलाई अन्तिम आठमा स्थान पक्का गर्न रियाद महारेज र ज्याक ग्रेलिसले दोस्रो हाफमा १-१ गोल गरे ।
राति नै भएको अर्काे खेलमा च्याम्पियनसिप क्लब मिडल्सब्रगसँग १-० अन्तरले पराजित हुँदै टोटेनहम एफए कपको प्रि-क्वाटरफाइनलबाट बाहिरिएको छ ।
टोटेनहमलाई स्तब्ध बनाउने क्रममा जोस कोवर्नले खेलको १०७औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । अर्का खेलमा क्रिस्टल प्यालेसले स्टोक सिटीलाई २-१ अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०५:१६
प्रतिक्रिया दिनुहोस्