Nic Ad Nic Ad
Nic Ad Nic Ad

बढ्यो अमेरिकी डलरसहित अन्य देशको विनिमयदर, कुनको कति ?

बुधबार, मंसिर ७, २०७९

काठमाडौं । बिहिबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ ८३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २१ रुपैयाँ ४३ पैसा तोकिएको छ । 
 
एक बहराइन दिनारको खरिददर ३ सय २० रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २२रुपैयाँ १० पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३३ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ ३५ पैसा तोकिएको छ ।
 
एक युरोको खरिददर १ सय ३३ रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्रीदर १ सय ३४ रुपैयाँ ५८ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३२ रुपैयाँ २१ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३७ पैसा तोकिएको छ । 
 
त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ५४ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्रीदर ८८ रुपैयाँ ३३ पैसा रहेको छ । 
 
एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ९४ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९८ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २२ रुपैया १० पैसा तोकिएको छ। 

mm.jpg
  

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १६:१८
प्रतिक्रिया दिनुहोस्