Nic Ad Nic Ad
Nic Ad Nic Ad

के बक्सअफिसले सौगातनै सुपरस्टार भएको पुष्टि गर्ला !

बुधबार, मंसिर ७, २०७९

सन् २००८ को चलचित्र ‘कागबेनी’बाट अभिनय यात्रा शुरु गरेपनि चौथो चलचित्र ‘लुट’बाट चर्चामा आएका थिए सौगात मल्ल । उक्त चलचित्रको प्रदर्शन पछि सौगातलाई पछि फर्कनु परेन । एकपछि अर्को चलचित्रबाट अफर आइहरे । शुक्रबारबाट प्रदर्शन हुने चलचित्र ‘लप्पन छप्पन २’ सम्म आइपुग्दा उनी अभिनित प्रदर्शन भएका चलचित्रको संख्या ३३ पुगेको छ । केही चलचित्र प्रदर्शनको तयारीमा छन् ।

उनै सौगातलाई ‘लप्पन छप्पन २’का निर्देशकले सुपरस्टारको ट्याग भिराएका छन् । हुन त यो चलचित्रमा थुप्रै त्यस्ता कलाकार छन् जो कुनै न कुनै रुपमा प्रसंसित छन् । यद्यपी निर्देशक मुकुन्द भट्टलाई भने सौगात नै सुपरस्टार लागेछ । सुपर स्टार हुनका लागि आवश्यक मापदण्ड के–के हो यसको जवाफ सहज छैन । तर, मुकुन्द अभिनय क्षमताका आधारमा आफुले सौगातलाई सुपरस्टारको उपमा दिएको बताउँछन् ।

अब सुपरस्टार नै भनिसकेपछि अभिनयसँगै ब्यबसायिक कुरा पनि जोडिन्छ नै । सौगात ब्यवसायिक रुपमा भने खरो उत्रिन सकेका छैनन् । हो उनको अभिनय क्षमताको प्रसंसा हुने गर्छ तर, ब्यवसायिक रुपमा सौगातले त्यति धेरै सफलताको स्वाद चाख्नै पाएका छैनन् । विगतमा सौगातले आफ्नो काँधमा चलचित्रमा हुने करोडौं लगानीको भारी बोक्न सकेका छैनन् ।

‘लप्पन छप्पन २’को बजेट चार करोडकै आसपास भएको बुझिन्छ । नेपालमा मात्र होइन अष्ट्रेलयामा पनि चलचित्रको छायाँकन भएको छ । त्यो पनि उतैका कलाकार तथा प्राबिधिक राखेर । जसका कारण बजेट बढ्नु स्वभाविक छ । त्यसमाथी मुकुन्द यसपटक आफुले स्कृप्टको डिमाण्ड अनुसार कुनै पनि कुरामा कम्प्रोमाइज्ड नगरी काम गरेको बताउँछन् । निर्देशकको कुरा सुन्दा चलचित्र राम्रो बनेको छ । उनका अनुसार ‘लप्पन छप्पन’ भन्दा यो सिरिज निकै अब्बल छ ।

हुन त पछिल्लो समय नेपालमा उपाधी यति सस्तो भयो कि कसले कसलाई, कहिले, किन उक्त उपाधी दिन्छ त्यसको कुनै मापदण्ड नै छैन । जसलाई जे मन लाग्यो उपाधी भिराइदिइ हाल्छन् । दिने ले त दिए लिने पनि दंग परेर लिन्छन् । उनिहरु पनि सोच्दैनन् कि ति उपाधीका पछि कति जिम्मेबारी हुन्छ भनेर । यस अर्थ यसपटक प्रतिक्षा यो छ कि सौगातले आफुले पाएको उपमाको अर्थ राख्लान । आफुले पाएको उपमाको सम्मान गर्लान । सौगातलाई दिइएको सुपरस्टार उपमाले ‘लप्पन छप्पन २’को व्यवसायिक सफलतामा सकारात्मक भुमिका रहला । निर्देशक मुकुन्दले मात्र होइन लप्पन छप्पन हेरिसकेपछि आम दर्शकले पनि उनलाई सुपरस्टारका रुपमा ग्रहण गर्ला । बजारले उनलाई सुपरस्टारका रुपमा ग्रहण गर्ला । के बक्सअफिसले सौगातनै सुपरस्टार भएको पुष्टि गर्ला ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:४६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार