Nic Ad Nic Ad
Nic Ad Nic Ad

रुसविरुद्धको युद्धमा होमिएका बस्नेतले भने, ‘म अन्तिम श्वाससम्म युक्रेनकै लागि लड्नेछु यसमा मलाई गर्व छ ’

बुधबार, मंसिर ७, २०७९

 

काठमाडौँ –  रुसले युक्रेनमाथि आक्रमण गरेपछि त्यहाँ भिषण लडाईहरु भइरहेका छन् । यही सन्दर्भमा एकजना नेपाली युवा पनि युक्रेनमा रुसी फौजविरुद्ध लड्न लागिपरेका छन् । 

युक्रेनबाट भिडियो सन्देशमार्फत् उनले आफू युक्रेनको पक्षबाट लड्न लागेको बताएका हुन् । रेडियो स्वोदाले सार्वजनिक गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सडकको किनारमा खिचेको जस्तो देखिने भिडियोमा उनले आफु युक्रेनको पक्षमा लाग्न पाउँदा गौरवान्वित महशुस गरिरहेको बताएका छन् । ‘मलाई खुब गर्व लागिरहेको छ किनकी मैले युक्रेनको पक्षमा उभिने निर्णय गरेको छु । म अहिले सेनामा सहभागि हुन सैनिक बेस अगाडि उभिएको छु ।’ उनले भिडियोमा भनेका छन् ।

सही निर्णय गरेका कारण गर्व लागेको उनको भनाई छ । उनी भिडियोमा भन्छन्, ‘मेरो नाम प्रताप बस्नेत हो र म नेपालबाट आएको हुँ । यो भूमि युक्रेनको हो र रुसलाई उनीहरुको निर्णयमाथि हस्तक्षेप गर्ने कुनै अधिकार छैन ।’

‘पछिल्लो अवस्थाका कारण म रातभर सुत्न सकेको छैन । किनकी यो मानव अधिकार र मानवताको सवाल हो ।’ आफूलाई अहिले युक्रेनमा सुरक्षित महसुस नभएको भन्दै उनी भन्छन्, ‘म युक्रेनका लागि केही राम्रो गर्न चाहन्छु । किनकी म यहीँ काम गर्छु । गास बास पनि मलाई युक्रेनले नै दिएको छ । अनि यतिबेला युक्रेनलाई मेरो सहयोग चाहिएको छ र म सेनामा लाग्न आएको हुँ ।’

‘म अन्तिम श्वाससम्म युक्रेनकै लागि लड्नेछु यसमा मलाई गर्व छ ।’


तस्बिरः रेडियो स्भोबोदा

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २१:३४
प्रतिक्रिया दिनुहोस्