Nic Ad Nic Ad
Nic Ad Nic Ad

पल प्रकरण – पिडितको पहिचान खुलाएका समाचारमा अनलाइन पत्रकार संघको ध्यानाकर्षण

शुक्रबार, मंसिर ९, २०७९

नायक पल शाहविरुद्ध परेको जवरजस्ती करणीको उजुरीमा यतिबेला प्रहरीले छानबिन गरिरहेको छ । जिल्ला प्रहरी कार्यलय तनहुँले पललाई हिरासतमा राखेर छानबिन गरिरहदा उक्त बिषयमा सञ्चारमाध्यममा बिभिन्न समाचारहरु आइरहेका छन् ।

खासगरि धेरै जसो युट्युब तथा केही अनलाइनमा आएका समाचारमा संबिधानले सुनिश्चितता गरेको गोपनियताको हक र नाबालिगको अधिकार तथा पत्रकारिता आचारसंहिता बिपरित पिडितको पहिचान समेत खुलाइएको पाइएको छ । यसरी प्रकाशित भएका समाचार सामग्रीप्रति अनलाइन पत्रकार संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

संघका अध्यक्ष डिल्लीप्रसाद सापकोटाद्वारा जारी विज्ञप्तीमा भनिएको छ– ‘उक्त विषयमा इन्टरनेटलाई माध्यम बनाएर समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा पत्रकार आचारसंहिता र कानुनले बर्जित गरेका विषय तथा पीडितको पहिचान गोप्य राख्नुपर्ने जस्ता पत्रकारिताका आधारभूत मूल्य–मान्यता तथा सिद्धान्तहरुलाई पालना गरि प्रकाशन, प्रशारण गर्नु हुन पत्रकार तथा सञ्चार माध्यमहरुलाई हार्दिक अनुरोध गर्दछौं ।’

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:०३
प्रतिक्रिया दिनुहोस्