Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो छ जाइफलको औषधीय महत्व

बिहीबार, मंसिर ८, २०७९

१. मुखभित्रको छाला वा जिब्रोमा फोका/खटिरा आएमा जाइफललाई पिसेर एक गिलास पानीमा मिलाई कुल्ला गर्नाले चााडै आराम मिल्छ ।
२. एक ग्राम जाइफलको धूलोलाई आधा गिलास पानीमा मिलाई बिहान बिहान सेवन गर्नाले पेट फुल्ने, दुख्ने समस्या वा पातलो दिसा लागेको छ भने तत्कालै ठिक हुन्छ ।
३. जाइफललाई आमाको दूधसँग घोटेर बच्चालाई एक/आधा चम्चा खुवाउनाले रुघाखोकी हराउनुको साथै सर्दीको विकारहरु हटेर जान्छ ।
४. १० लिटर पानीमा ५० ग्राम नुन हालेर उमाली हप्ता दश दिनसम्म नियमित नुहाउनाले छालाको रोगबाट पूर्णरुपमा छुटकारा मिल्दछ ।
५. तीनग्राम धूलो नुन गाईको गहुँतमा मिलाएर हप्ता दिनसम्म बिहान बिहान नियमित पिउनाले पेटको कीरा मर्दछ ।
६. २०–२५ ग्राम नुनलाई तातो पानीमा मिलाएर उक्त पानीले हातखुट्टा मालिस गर्नाले हातखुट्टाको छाला खस्रो भएमा कोमल र सुन्दर भएर आउँछ । नुनपानीले नियमित हातखुट्टा धुनाले सुख्खापन हट्नुका साथ घाउखटिरा आएको छ भने पनि निको हुन्छ ।
७. तातो पानीमा डेढ चम्चा नून हालेर हप्ता दश दिनसम्म नियमित मुख धुनाले मुखमा आएको चायाँपोतो हराएर जान्छ । नुनपानीले मुख धुँदा आँखा बन्द गर्नुपर्दछ । मुख धोएपछि नरम तौलियाले बिस्तारै पुछ्नुपर्दछ ।
८. एक चिम्टी नुनलाई १० मिनेटसम्म जिब्रोमा राखेर एक गिलास चिसो पानी पिउनाले टाउको दुखेको छ भने तुरुन्तै आराम मिल्छ ।
साभारः ‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाट

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २२:४७
प्रतिक्रिया दिनुहोस्