Nic Ad Nic Ad
Nic Ad Nic Ad

पल प्रकरणमा बाबुरामले भने – ‘मर्दकी दशवटी’ भन्ने मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पल शाह प्रकरणबारे टिप्पणी गर्दै न्यायिक फैसला सबैले मान्नुपर्ने बताएका छन् । उनले ‘मर्दकी दशवटी’ भन्ने मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद भएको बताएका छन् ।

अदालती प्रक्रियालाई प्रभावित पार्ने गरी तनहुँ सदरमुकाम दमौलीमा पल शाह पक्षधरको दिनहुँ भइरहेका प्रदर्शन र सामाजिक सञ्जालमा टिप्पणी भइरहँदा भट्टराईको यस्तो भनाइ आएको हो ।

यस प्रकरणमा मानवअधिकारवादी, सेलिब्रेटी र सार्वजनिक वृत्तबाट समेत भनाइहरु बाहिर आएका छन् । एक नाबालिकामाथि जबरजस्ती करणीको अभियोगमा पल शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् । उनलाई अदालतले अभियोगबारे बयान लिइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १३:३०
प्रतिक्रिया दिनुहोस्