Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमसीसी चीनविरुद्ध नाकाबन्दीका लागि ल्याइएको वैद्यको दाबी

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं - नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य 'किरण'ले एमसीसी चीनविरुद्ध नाकाबन्दी गर्न ल्याइएको बताएका छन् । शुक्रबार एमसीसी अनुमोदनको विरोधमा काठमाडौंमा आयोजित आमसभामा बोल्दै वैद्यले सो कुरा गरेका हुन् । 

एमसीसी चीन र भारतकाविरुद्ध परिलक्षित रहेको बताउदै उनले यसप्रति दुवै देश पनि खुशी नभएको बर्ता । उनले भने - "चीन मात्र होइन यो भारतका विरुद्ध पनि परिलक्षित छ, त्यसैले भारतीयहरू पनि खुशी छैनन्"

एमसीसीको व्याख्यात्मक घोषणा भनेर राजनीतिक दलहरुले भ्रम फैलाएको भन्दै उनले यसलाई अमेरिकाले नस्वीकारेको आफ्नो बुझाइ रहेको बताए । उनले एमसीसीका विषयमा आन्दोलन जारी राख्न पनि आग्रह गरे । उनले नेपालमा अमेरिकी साम्राज्यवादको अखडा बन्न दिन नहुने उनको भनाई छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०२
प्रतिक्रिया दिनुहोस्