Nic Ad Nic Ad
Nic Ad Nic Ad

फ्रान्सेली राष्ट्रपतिसँग पुटिनले भने– युक्रेनमाथिको आक्रमण अहिले नै रोक्दैनौं

शुक्रबार, मंसिर ९, २०७९

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो लक्ष्य पूरा नभएसम्म युक्रेनमाथि सैन्य कारबाही जारी राख्ने बताएका छन् । पुटिनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको ९० मिनेट लामो टेलिफोन वार्तामा सो बताएका हुन् ।

टेलिफोनमा पुटिनले रुस–युक्रेन वार्तामा अस्थायी युद्धविरामको सम्भावनामा सहमति भएको बताएको बीबीसीले जनाएको छ । विहीबार दुई देशका प्रतिनिधिबीच अज्ञातस्थलमा वार्ता भएको थियो ।

साथै भीषण लडाइँ र बमबारीकाबीचमा विवाद समाधान गर्न कूटनीतिक प्रयास जारी छ ।

यसैबीच, फ्रान्सेली राष्ट्रपति म्याक्रोनले पुटिनसँग कुरा गरेर उनलाई मनाउने प्रयाससमेत गरेका थिए । उनले भने, ‘युक्रेनमा आक्रमण गर्नु गम्भीर गल्ती हो । परिस्थितिलाई हेर्ने दृष्टिकोणभन्दा वास्तविकता फरक छ ।’

युक्रेनी सहरमाथि रुसको भीषण बमबारीबीच मानवीय संकट झनै गहिरिँदै गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:०९
प्रतिक्रिया दिनुहोस्