पल प्रकरण बारे यसो भन्छन् दिपकराज गिरी
काठमाडौं - पछिल्लो समय अभिनेता पल शाह प्रकरण निकै चर्चामा छ । नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि अभिनेता पल न्यायिक हिरासतमा छन् । अदालतबाट अनुमति लिएर उनलाई तनहुँ प्रहरीले हिरासतमा राखेर अनुसन्धान जारी राखेको छ ।
यस प्रकरणमा सार्वजनिक भएको अडियोले सामाजिक सञ्जालमा पक्ष र विपक्षमा धारणा सार्वजनिक भएका छन् । यसैबीच यस प्रकरणबारे चर्चित हास्यकलाकार तथा अभिनेता दिपकराज गिरीले पनि बोलेका छन् ।
उनले लेखेका छन् - आज म लेख्दैछू …..
“ छक्का पन्जा र समिक्षा”
पछिल्लो घटना क्रम ले समाज नै तरंगित बनेको छ !
केश अदालत मा पुगि सकेको ले मैले यस्को बारेमा बोल्नु हुदैन…. म यॉहा केबल समिक्षा जस्ले छक्का पन्जा बाट यो रंगिन दुनियॉमा कदम राखिन त्यो बारेमा केहि शेयर गर्न चाहन्छू…. जब हामि छक्का पन्जा ३ को सुटिगं गर्न ला चौक पोखरामा पुग्यौ , हामिलाइ स्कूले बिद्यार्थी को अभिनय गर्ने कलाकार चाहियो ,त्यो बेला त्यॉहा हेड मास्टर ले सहयोग गर्नु भो , ८,१० जना बिद्यार्थी हरू छनौट भए त्यस मध्य एक थिइन समिक्षा… गोरी, राम्री, लजालू स्वभाब भएकि.. दिएको संबाद राम्रो संग बोल्ने गर्थिन, बेला बेलामा उनले गुनगुनाएको कर्णप्रिय स्वर ले हामि सबैलाइ तान्थ्यो,
छायॉकार मित्र पुरुषोत्तम प्रधान ले मोबाइल मा रेकर्ड गरेर त्यो आबाज लिएर आए, त्यहि रेकर्ड गरिएको आवाज नै समिक्षा लाइ देशको राजधानी काठमाण्डू मा स्थापित हुने मार्ग बन्न पुग्यो !
सुटिगं का क्रममा मैले उन्को धेरै पल्ट तारिफ गर्दा हेड माष्टर तथा अन्य सरहरू पनि ,यो नानी सारै मीठो गॉउछे, हामिलाइ यिनि प्रति धेरै बिश्वास छ
एकदिन राम्रो गायीका बन्ने छिन् र समग्र गॉउको र स्कूलको नाम चम्काउने छिन भनेर तारिफ गर्नु हुन्थ्यो… भयो पनि त्यस्तै, छोटो समयमा नै उनिले लोभ लाग्दो प्रगती गरिन पनि , त्यस पछि उनि संग मेरो भेंट कहिल्यै भएन , टेलिभिजन र टिकटक हरू देख्थे खुशि लाग्थ्यो …वरू वेला वेला हेडमास्टर ले फोन गरेर “हाम्रो चेलि ले सॉच्चै राम्रो गरेकि छे दिपकजी!तपाइहरू सुटिगं मा आएको त उस्को लागि भाग्यको ढोका खोल्न रहेछ “ यति सुनिरहदॉ म पनि घमन्डले धेरै पल्ट गचक्क परेको छू …तर त्यो मेरो घमन्ड धेरै दिन टिकेन , आजको दिन देख्नु पर्यो , सामाजिक संजालमा उनि माथि बर्सिएको गालि सुन्नु पर्यो ,अब म दुबिधामा परे ! के गरौ?
कक्षा छ मा पढिरहेकि एक बालिका लाइ माइकमा गीत गाउन, कस्ले सिकायो? हामिले !
मिडिया सामू बोल्न ,कार्यक्रम मा कति पारिश्रमिक माग्ने , को संग कसरी प्रस्तुत हुने यो सबै कस्ले सिकायो? मेरै क्षेत्र ले सिकाएको हो , हामिले नै सिकाएको हो यस्मा प्रसस्तै गौरब छ !
एउटा सामान्य बालिका लाइ प्रोफ़ेसनल कलाकार जस्तै बनाएर रातारात चर्चित बनाउने
हामि सबैलाइ एकमुष्ट बधाइ र धन्यबाद छ!
तर मिडिया मा आए झै boy friend हरू राख्ने , सम्बन्ध बनाउने, षड्यंत्र नै गर्ने ,नावालिक भएर पनि यस्तो गर्ने , त्य्सतो गर्ने ,यो चाहि उन्ले गॉउ बाटै सिकेर आएकि थिइन कि कसो?
यस्को जिम्मा चाहि हामिले लिने कि नलिने?
यो बालिका लाइ हामिले यहाँ पुर्यायौ भनेर गर्व चाहि गर्ने , तर उक्त बालिका ले सिकेको नराम्रो बानि को ठेक्का चाहि लिने कि नलिने?
आज आरोप लागेको उन्को boy friend हरू भनेको स्कूल पढ्दा देखिका का हुन् कि यहि क्षेत्रमा
आएपछि बनेका हुन्?
छोरो ले फष्ट आउदा मेरो छोरो,
छोरोले अरूका छोरा भकुरेर आउदॉ चाहि
“ ए तेरो छोरो ले हेर के गर्यौ ?
उनि आज जे बनिन त्यसमा हाम्रो सहयोग थियो भने
उन्ले आज जे भोगि रहेकि छिन त्यसमा पनि हाम्रो क्षेत्र , हाम्रै संगत, हाम्रै बाताबरणको दोष छ कि छैन ?
मलाइ यहाँ यो दोषि र यो निर्दोषि भनेर फैसला गर्नु छैन ! त्यो काम मेरो हूदै होइन!!
मेरो चाहना समिक्षालाइ सराप्न बन्द गरौ भन्ने मात्रै हो ….म समिक्षाको प्रगती मा गर्व गर्छू भने
उनले भोगिरहेको आजको नियती मा
आफूलाइ पनि दोषि देखिरहेको छू!!
यति भनिरहदॉ मैले पनि गालि खानु पर्नेछ
अब गालि त बानि जस्तै भैसक्यो ….
जय नेपाल !!!