Nic Ad Nic Ad
Nic Ad Nic Ad

नायिका रेखा थापाले दिइन् युट्युबर बिरुद्ध साइबर ब्युरोमा उजुरी

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं – नायिका रेखा थापाले युट्युबरबिरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छिन् ।

थापाले आफूलाई तथानाम गाली र बेइजती गरेको भन्दै भोटाहिटीको प्रहरी प्रधान कार्यालयको साइबर व्युरोमा निवेदन दिएकी हुन् । थापाले शर्मिला वाइबाविरूद्ध निवेदन दिएको बताइएको छ ।

थापालाई अरुको पैसामा बिक्ने भन्दै वाइबाले गालीगलौज गरेका छन् । थापाले नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएको ब्युरोका प्रवक्ता तथा एसएसपी नबिन्द अर्यालले जानकारी दिएका छन्। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:२७
प्रतिक्रिया दिनुहोस्