Nic Ad Nic Ad
Nic Ad Nic Ad

रूसी राष्‍ट्रपति पुटिनको हत्या गर्न अमेरिकी सिनेटरको आह्वान

बुधबार, मंसिर ७, २०७९

अमेरिकी सिनेटर लिन्जी ग्राहमले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या गर्न आह्वान गरेका छन् । उनले रुसका सैनिक अधिकारीहरुलाई लक्षित गरी ट्वीट गर्दै राष्ट्रपति पुटिनको हत्या गर्न आह्वान गरेका हुन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘रुसमा कोही ब्रुटस छ ?’ । मार्कस जुनियस ब्रुटसलाई प्रथम रोमन सम्राट जुलियस सिजरको हत्यको षड्यन्त्र गर्ने प्रमुख व्यक्ति मानिन्छ । उनले ट्वीट गरेका छन् ।

‘कोही कर्नेल स्टाउफेनबर्ग भन्दा सफल छ ?’ कर्नेल क्लन भोन स्टाउफेनबर्गले दोश्रो दोश्रो विश्वयुद्धको अन्त्यतिर सन् १९४४ मा नाजी तानाशाह हिटलरको असफल हत्या प्रयास गरेका थिए ।

‘यो सबको अन्त्य गर्ने एउटामात्रै उपाय उनलाई सिध्याउनु हो । तपाईँले तपाईको देश र विश्वका लागि ठूलो योगदान दिनुहुनेछ ।’ उनको ट्वीटमा उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:०७
प्रतिक्रिया दिनुहोस्