Nic Ad Nic Ad
Nic Ad Nic Ad

रुस–युक्रेन युद्धः परमाणु केन्द्र कब्जा भएपछि पश्चिमा नेताको आक्रोश

बुधबार, मंसिर ७, २०७९

एजेन्सी– रुस–युक्रेन युद्ध गम्भीर मोडमा अगाडि बढेको छ । रुसले युक्रेनका परमाणु केन्द्रमा कब्जा जमाएकोप्रति पश्चिमा राष्ट्रले गम्भीर रुपमा लिएका छन् । रुसले आक्रमणको क्रममा युक्रेनको परमाणु केन्द्र कब्जा गरेपछि पश्चिमा राष्ट्र आक्रोशित बनेका हुन् ।

रुसले युक्रेनमाथि आक्रमण थालेको नवौँ दिन शुक्रवार त्यहाँको एक परमाणु ऊर्जा केन्द्र कब्जा गरेको हो ।

युक्रेनमा रहेको युरोपकै सबभन्दा ठूलो भनिएको जापोरिज्यास्थित परमाणु केन्द्रको भवनमा रुसी आक्रमणपछि आगलागी भएको थियो । रुसले परमाणु ऊर्जा केन्द्रलाई निशाना बनाएपछि पश्चिमा नेताहरुले यसको निन्दा गरेका हुन् ।

रुसी आक्रमणले आगलागी भए पनि त्यहाँ विकिरण भने नचुहिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन ।

शुक्रबार जर्मन चान्सलरले एक घण्टा लामो फोन वार्ता गर्दै पुटिनलाई तत्काल युद्ध रोक्न आह्वान गरेका छन्। पुटिनले भने आफ्नो लक्ष्य पूरा गरेर छोड्ने चेतावनी यसअघि नै दिइसकेका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:३०
प्रतिक्रिया दिनुहोस्