डलरको भाउः १० दिनमा साढे २ रुपैयाँले बढ्यो
काठमाडौं । पछिल्लो १० दिन यता अमेरिकी डलरको भाउ निरन्तर बढेको छ ।
रुस युक्रेन युद्धको असरका कारणले डलरको मूल्य निरन्तर उकालो लागिरहेको हो । यही महिनाको १२ गते एक अमेरिकी डलरको बिक्रीदर ११९.६० रुपैयाँ थियो । यस्तै, नेपाल राष्ट्र बैंकका अनुसार उक्त मितीमा डलरको खरिद दर ११९ रुपैयाँ तोकिएको छ ।
यस्तै, आज डलरको खरिद मूल्य १२१.५६ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । एक यूरोको बिक्री मूल्य १३४.५८ रुपैयाँ र खरिद मूल्य १३३.९२ रुपैयाँ, बेलायती पाउन्डको बिक्री मूल्य १६२.६४ रुपैयाँ र खरिद मूल्य १६१.८४ रुपैयाँ छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १६:१८
प्रतिक्रिया दिनुहोस्