Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुदर्शनलाई सन्तोषको ब्यङ्ग्य कि बधाई !

बुधबार, मंसिर ७, २०७९

सुदर्शन थापा निर्देशित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले दोस्रो साताको शुरुमा पनि राम्रो ब्यापार गरेको छ । बोलिचालिको भाषामा चलचित्रले पैसा सोहोरेको छ । दर्शकले मन पाएको यो चलचित्रलाई समिक्षकले भने मन पराएका छैनन् ।

पुरानै कथा, फितलो पटकथा, अस्वभाविक लाग्ने संवाद, कमजोर प्रस्तुति, कलाकारको अभिनयमा उस्तै खोट जस्ता कुराले चलचित्रलाई समिक्षकले खासै राम्रो रेटिङ दिइरहेका छैनन् । चलचित्रकर्मीहरु भने बभाई दिनमै ब्यस्त छन् । शनिबार सामाजिक सञ्जाल मार्फत निर्माता सन्तोष सेनले पनि सुदर्शनलाई बधाई दिए । उनको बधाई बधाई नै हो कि ब्यङ्ग्य बुझ्न खासै गाह्रो छैन । उनले बधाई त दिएका छन् तर, त्यो बधाईमा ब्याङ्ग्य भरिएको छ । अनि केही अपेक्षा पनि ।

सन्तोषले फिल्मले पैसा नकमाए जुगाड गरेर बनाउनु स्वभाविक हो भन्दै म यस्तो गीत गाउँछु २ लाई जुगाड चलचित्रको संज्ञा दिएका छन् । उनले सुदर्शनबाट केही अपेक्षा पनि राखेका छन् । सुदर्शन वास्तविक जीवन भन्दा धेरै माथी सोच राख्ने मेकर भएको पनि उल्लेख गरेका छन् । उनले दर्शकले माया स्वरुप दिएको थैली दर्शककै लागि लगानी गर्न पनि सुझाव दिएका छन् । त्यसको अर्थ जुगाड फिल्म हैन अब राम्रो फिल्म बनाउ भन्ने नै हुन्छ क्यारे ।

सन्तोष र सुदर्शनको पहिलो सहकार्य चंखे, शंखे, पंखेबाट भएको थियो । यो चलचित्र असफल भएपछि उनीहरुले प्रेम गीत सहकार्य गरे । त्यसयता उनीहरुको टिमअप हुन सकेको छैन । म यस्तो गीत गाउँछु उही प्रेम गीतको शिर्ष गीतबाट जुराइएको नाम हो । यसअर्थ सन्तोष भावनात्मक रुपमा यो चलचित्रसँग जोडिएका छन् । त्यही चलचित्रको दोस्रो सिरिज हेरेपछि सायद सन्तोषको चित्त बुझेनछ् क्यारे । त्यसैले त लेखे होलान ब्यङ्ग्यले भरिएको बधाई !

 

सन्तोष लेख्छन् :

ल सुदर्शन जि पैसा बोरामा बॉध्नु भयो त्यसको लागी
बधाई
 
फिल्मले पैसा नै कमाएन भने त जुगाड़ गरेर त्यस्तै फिल्म बनाउनु स्वभाविक हो.. अब हातमा दर्शक ले दिएको माया स्वरूप भरिएको थैली छ भने .. उस्तै विषयबस्तु माथी डबल हैन १० गुना दर्शक ले दिएको दर्शक कै लागी लगानी हुनुपर्छ । किनकी तपाईं पनि एउटा यस्तो मेकर हो जस्ले वास्तविक जिवन भन्दा धेरै माथी सोच् राख्ने गरेको पाएको छु… यहा धेरै यस्ता हुन्छन जो दर्शकले १०० दिन्छन भने दर्शकको लागी १० खर्चिन्छन..
जस्ले पैसा बोरामा त हाल्न सके तर कथा तलमाथी उस्तै प्रस्तुती भन्दा मेकींग र विषयबस्तुमा केही परिवर्तन दिन सकेनन्.. दर्शकले एउटै खाले मनोरंजन त पाए तर हाम्रो उद्योगमा बनेको फ़िल्म भनेर अन्तर्राष्ट्रीय मात्र हैन छिमेकी राष्ट्रका एउटा दर्शकलाई गर्वका साथ यो हाम्रो देशको चलचित्र भनेर देखाउन सक्ने हुन सकेनउ..
सफलता को अझ धेरै सुभकामना काजी साब Sudarshan Thapa

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:३४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार