Nic Ad Nic Ad
Nic Ad Nic Ad

युद्धबिराम गरेको भनिएको मारिओपोलमा बम हमला

बुधबार, मंसिर ७, २०७९

एजेन्सी - रुसी सेनाले घेराबन्दी गरेको युक्रेनी सहर मारिओपोलमा तीव्र गोलाबारी भएको विवरणहरु सार्वजनिक भएका छन् । यसअघि मानवीय सहायताका लागि भन्दै रुसी सेनाले सो सहरमा अस्थायी युद्धबिराम घोषणा गरेको थियो । 

रुसी सेनाको गोलाबारीका कारण सर्बसाधारणलाई मारिओपोलबाट बाहिर लैजाने कार्य स्थगित गरिएको युक्रेनी अधिकारीहरुले बताएका छन् ।  रुसी सेनाले बमबारी र गोलाबारी तीव्र पारेको मारिओपोलका मेयर भदयाम बोयचेन्कोले बताएका छन् । 

‘आवासीय ब्लकहरुमा निरन्तर गोलाबारी जारी छ । आवासीय क्षेत्रमा विमानले बमहरु खसालि रहेका छन् ’ उनको भनाई उदृत गर्र्द एपी समाचार संस्थाले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:५९
प्रतिक्रिया दिनुहोस्