आज कुन देशको विनिमयदर कति छ ? हेर्नुहोस्
काठमाडौं । शुक्रबारको तुलनामा आइतबार नेपाली बजारमा अमेरिकी डलरसहित अन्य देशको विनिमयदर केही बढेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय २१ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २२ रुपैयाँ १६ पैसा तोकिएको छ ।
एक बहराइन दिनारको खरिददर ३ सय २२ रुपैयाँ ४३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २४ रुपैयाँ ०२ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३३ रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ ५१ पैसा तोकिएको छ ।
एक युरोको खरिददर १ सय ३३ रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्रीदर १ सय ३४ रुपैयाँ ५८ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३२ रुपैयाँ ४० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ५६ पैसा तोकिएको छ ।
त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ५९ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ रहेको छ ।
एक मलेसिया रिंगिटको खरिददर २९ रुपैयाँ १० पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ २४ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ४ सय रुपैया ७४ पैसा तोकिएको छ भने बिक्रिदर ४ सय २ रुपैया ७२ पैसा तोकिएको छ।