मेक्सिकोको फुटबल लिगमा हिंसात्मक झडप, २२ घाइते
मेक्सिकोमा फुटबल खेलका क्रममा दर्शकहरुबीच झडप हुँदा २२ जना घाइते भएका छन् । ला कोरेगिदोरा स्टेडियममा क्वेरेटारो र एटलसबीचको खेलमा झडप हुँदा कम्तीमा २२ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
क्लोज्युरा फुटबल प्रतियोगिताको यस खेलको ६३ औं मिनेटमा दुवै टोलीका फ्यानहरूबीच भिडन्त भएको थियो । यसपछि सुरक्षा गार्डहरूले दर्शकहरूलाई बाहिर निस्कन ढोका खोलिदिएका थिए । तर, केही दर्शकको भने स्टेडियममा हिंसात्मक झडप भएको जनाइएको छ ।
झडपपछि आयोजकले खेल रोकेर खेलाडीलाई लकर कोठामा पठाएका थिए । यसपछि दर्शकहरुबीच झडप भएको थियो । यस क्रममा भिडियो र केहि डिभाइसमा समेत क्ष्ति पुगेको छ ।
क्वेरेटारो राज्यको नागरिक सुरक्षा एकाइका एक सदस्यले २२ जना घाइते भएको बताउदै दुई जनाको अवस्था गम्भीर रहेको जनाएका छन् ।
यसैबिच मेक्सिको लिगका कार्यकारी अध्यक्षले घटनाको निन्दा गर्दै स्टेडियममा सुरक्षाको देखिएको लापरवाहिमा कारबाही गरिने र दोषीलाई कारबाही गरिने बताए ।
एटलस क्लबले यस विषयमा छानबिन गर्न प्राधिकरण र लिग आयोजकलाई पनि माग गरेको छ । यता, क्वेरेटारोका गभर्नर मारुसियो क्युरीले क्लब मालिक र संस्थाहरूले घटनाको जवाफ दिनुपर्ने बताएकाछन् ।