Nic Ad Nic Ad
Nic Ad Nic Ad

साउदी अरेबियामा लगाइएका प्रतिबन्धहरु हटाइयो, अब पिसीआर रिपोर्ट नचाहिने

बिहीबार, मंसिर ८, २०७९

रियाद, सिन्ह्वा- साउदी अरेबियाले कोरोना भाइरसका विरुद्धमा लगाएका अधिकांश प्रतिबन्धहरु आइतबारदेखि हटाएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले सो विषयमा जानकारी दिएको छ । मन्त्रालयका अनुसार यहाँका आन्तरिक हवाई उडानहरुमा अब कोरोना भाइरस संक्रमणसम्बन्धी स्वास्थ्य जाँच, पिसीआर रिपोर्ट आवश्यक नपर्ने भएको छ ।

त्यसैगरी यहाँ अब सार्वजनिक स्थलहरुमा पनि उपस्थित हुन पाइने भएको छ । पर्यटकीय स्थलहरुमा उपस्थितिका लागि पिसीआर रिपोर्ट आवश्यक नरहेको बताइएको छ ।तर यहाँका नागरिकले घर बाहिर निस्किँदा मास्क भने लगाउनुपर्ने भएको छ । 

सार्वजनिक स्थलहरुमा मास्क भने अनिवार्य गरिएको बताइएको छ ।पछिल्ला केही हप्ताहरुमा यहाँ कोरोना भाइरसको प्रकोप घट्दै गएकाले सरकारले लगाउँदै आएका प्रतिबन्धहरु हटाएको जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:२८
प्रतिक्रिया दिनुहोस्